युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (बिहीबार) रोयल च्यालेन्जर्स बैंगलोर र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ ।

सारजाहमा बैंगलोर र पन्जाब आठौं खेलका लागि मैदान उत्रने छन् । बैंगलोर र पन्जाबबीचको खेल नेपाली समय अनुसार साँझ ७स्४५ बजे सुरु हुनेछ । सारजाह क्रिकेट स्टेडियममा बैंगलोर छैटौं जितको खोजीमा हुनेछन् । अघिल्ला ७ खेलमा बैंगलोरले ५ जितसहित १० अंक जोडेको छ । विराट कोहलीको कप्तानीमा रहेको बैंगलोर तेस्रो स्थानमा रहेको छ । पन्जाबलाई हराएर बैंगलोर शीर्ष दुई भित्र उक्लन चाहन्छ ।

तर, केएल राहुलको कप्तानीमा मैदान उत्रने पन्जाबलाई हराउन बैंगलोरलाई सहज हुने छैन ।यस सिजन खराब प्रदर्शन गरिरहेको पन्जाब भने दोस्रो जितको खोजीमा हुनेछ । ७ खेलमा २ अंक जोडेको पन्जाब पुछारमा रहेको छ । पन्जाबले यस सिजन बैंगलोरलाई नै हराएको थियो । त्यसबाहेक अन्य जित निकाल्न सकेको छैन ।

पन्जाबले पहिलो भेटमा बैंगलोरलाई ९७ रनले हराएको थियो । पन्जाब उक्त जितलाई पुनस् दोहोर्याउन चाहन्छ । बैंगलोरविरुद्ध पन्जाबले राहुलसँगै मायांक अग्रवाल, निकोलस पुरण, ग्लेन म्याक्स्वेल, क्रिस जोर्डन, मोहम्मद शामी, सेल्डोन कोट्रेल जस्ता खेलाडी मैदान उतार्ने छन् । बैंगलोरसँग कप्तान कोहलीसँगै आरोन फिन्च, देभदत्त पाडिक्ल, एबी डी भिलियर्स, शिबम डुबे, वासिंगटन सुन्दर, युजभेन्द्र चहल, नाभदिप सैनी जस्ता खेलाडीको साथ रहने छ । एजेन्सी


तपाईको प्रतिक्रिया