काभ्रे (धुलिखेल) –  जिल्लामा कोरोना संक्रमणका कारण दाजुभाईको मृत्यु भएको छ । जिल्लाको बनेपा नगरपालिका वडा न १३ साँगामा एकै परिवारका दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । १० दिनको अन्तरालमा दाजुभाइकै मृत्यु भएको हो ।

गत असोज १८ गते धुलिखेल अस्पतालमा उपचारका क्रममा ४५ वर्षीय भाईको निधन भएको थियो भने बुधबार राती ५० वर्षीय दाजुको पनि धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको परिवारले जनाएको छ । मधुमेह रोगबाट पीडित उनलाई गत भदौ २७ गते धुलिखेल भर्ना गरिएको थियो । आइसियुमा उपचाररत उनको एक महिनापछि मृत्यु भएको थियो ।

त्यस्तै बनेपा नगरपालिका वडा न ७ का ७७ वर्षीय जेष्ठ नागरिकको घरमै मृत्यु भएको बनेपा आइसोलेसनका डा. शिशिर बञ्जाराले जानकारी दिए । उनका अनुसार बुधबार संक्रमितलाई डाइलोसिसका लागि धुलिखेल अस्पताल लगिएको थियो । पिसिआर परिक्षण गरी डाइलोसिसका लागि समय दिए पनि उनमा कोरोना देखिएको उनले जानकारी दिए । घरमै निधन भए पछि उनको अन्त्येष्टीको तयारी भइरहेको जनाइएको छ । योसँगै जिल्लामा कोरोनका कारण १२ जनाको मृत्यु हुनेको संख्या १२ पुगेको छ ।


तपाईको प्रतिक्रिया