काभ्रे (धुलिखेल) – जिल्लामा आज (मंगलबार) ५८ जना कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार आजै जिल्लाका ११ जना आज कोरोना जितेका छन् ।

आज थपिएका कोरोना संक्रमितमध्ये धुलिखेल नगरपालिकाबाट १२ जना पुरुष र १० जना महिला, पनौती नगरपालिकाबाट २ जना पुरुष र १ जना महिला, मण्डनदेउपुर नगरपालिकाबाट ६ जना पुरुष र ६ जना महिला, नमोबुद्ध नगरपालिकाबाट १ जना पुरुष, पाँचखाल नगरपालिकाबाट १ जना पुरुष र बनेपा नगरपालिकाबाट ९ जना पुरुष र १० जना महिलामा गरी ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ९५ पुगेको छ ।

कार्यालयको विवरण अनुसार जिल्लामा अहिले सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ६६ रहेको छ । त्यस्तै काभ्रेमा ६ सय २० जनाले कोरोना जितिसकेका छन् । जिल्लामा हालसम्म ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

 


तपाईको प्रतिक्रिया