सोचेझैे सामान्य छैन कोरोना, संक्रमण भएपछि जीवन कठिन छ : प्रमुख दाहालको अनुभव

१० दिन देखि कोरोना पोजिटिभ भएर घरमै उपचाररत रोशी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत डमरु दाहालको कोरोना अनुभव :

कोरोना संक्रमण भएर बिरामी भएको आज १० औँ दिन भयो । हुनत पुरै आइसोलेसन को अबधी नाचेर बिताएका र एक ट्याब्लेट सिटामोल समेत नखाएका महानुभाब हरुको अगाडि गनगन गरे जस्तो हुन सक्छ । तैपनी अरुलाई अरुलाई गनगन होला भनेर आफूलाई भएको पिडा पनि त लुकाउन सकिएन । हेर्दा सामान्य लाग्थ्यो, कोरोना, तर यसैले दिन दिनै गलाउदै लगेको भयो ।

उमेरले ४० नाघि सक्यो । अहिले त शारीरिक परिश्रम पनि घट्यो, अनि ज्यान भयो मोटो । मोटो ज्यानले नुन त्यति पचाउन नसक्ने रहेछ भन्ने थाहा भइसक्यो । हिजो बिहानी पख असाध्यै दुखेको टाउको खाना खाने समयमा मन्द गतिमा रुपान्तरण भएको थियो । कुनै न कुनै लक्षण थपिएर बिहान भन्दा बेलुकी पख अलिक बढी नै गाह्रो भयो । भोक हराए जस्तो भयो । अझै पनि गन्ध थाहा हुदैछ । कान र नाक थुनिएको निको भयो । हिजो पनि नुनिलो झोल ज्यादै कम खाए ।

बेलुकी पख खोकी लाग्ला जस्तो हुन्छ । खोक्दा आन्द्रा छाती तथा टाउको थर्किन्छ । यो त अहिले कोरोनाको बेलामा मात्र होइन, पहिलेदेखि नै सामान्य ज्वोरो आउँदा पनि यस्ता समस्या देखिन्थ्यो । त्यस्तै कसैसँग लामो समयसम्म बोल्दा पनि इनर्जी लस हुने रहेछ । घाँटी दुखाई र मुटुको धड्कन पनि उत्तिकै बढ्ने । धेरैले फोन सम्पर्क गरेर स्वास्थ्य बारे हाल खबर बुझ्नुभयो । तर स्वास्थ्य स्थितीका कारण मोबाईल स्विच अफ गरेर मेसेजबाटै सन्देश आदान गर्ने क्रम जारी छ । कार्यालयका केही कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँहरुसँग पनि हिजो सम्पर्क भयो । कसैले आफू सामान्य भएको त कसैले अलि गाह्रो भएको जानकारी गराउनुभयो ।

संक्रमणसँग जुध्न तातो पानीलाई नै प्राथमिकता दिएको छु । हरेक दिनको सुरुवात तातोपानीको बाफबाटै हुने गर्छ । तातोपानी सँगै गुर्जोको सेवन पनि नियमित छ । कोरोनाको समयमा अहिले गुर्जोको सेवन गर्नु स्वास्थ्यको लागि लाभदायी हुने रहेछ । यसले शरीरमा आत्मबल दिने रहेछ । जडीबुटी र आर्युवेदिक औषधी सेवन गर्दा स्वास्थ्यमा फाइदा मिल्ने रहेछ ।

हिजो बेलुकी एक्कासी जाडो भएको महशुस भयो । शरीर एक्कासि तातो भएर आयो । सिटामोल खाएर ९ बजे तिर सुतेको थिए । सुतेको २ घण्टा नहुदै अत्यन्तै छट्पटी र गर्मी भएको महशुस भएर ब्युँझिए । घडी हेरे १२ ः ३० बजेको रहेछ । कस्तो संयोग मिलेको । त्यहीँ समयमा नेपाल सरकार र डा.गोविन्द के.सीबिच सहमती हुँदैँ रहेछ । सरकारले कोरोनाको जोखिमै सर्वसाधरणको समस्यालाई मध्यनजर गर्दै आलोपालोमा जोर बिजोर सवारी सञ्चालनमा ल्यायो । हो, मेरो निन्द्रा पनि त्यस्तै भयो, आलोपालो ।

यो समयमा बालबालिका र बृद्ध–बृद्धा बढि जोखिममा हुन्छन् । उनीहरुमा चाँडै संक्रमण हुने कुरा सञ्चार माध्यमबाट थाहा पाइरहेको थियो । घरमा सानो छोरो सायन छ । आफूलाई संक्रमण भएपछि उसलाई पनि हुने हो कि भन्ने डर थियो । तर उसलाई कुनै लक्षण देखिएको छैन । बिचरा, उ कोरोना आएदेखी एक दिन घर बाहिर निस्केको थिएन । मसँगै उ पनि अहिले होम आइशोलेसनमा छ ।

यो समयमा हामी धेरै सजग हुनुपर्छ । हामीले प्रयोग गरेको मास्क प्रयोगपश्चात जहाँ पायो ,त्यहीँ राख्छौँ । झुक्किएर केटाकेटीले प्रयोग गरे भने ? संक्रमण हुने जोखिम बढ्छ । त्यसैले हामीले प्रयोग गरेको मास्क, पञ्जा जस्ता संवेदनशील चिजहरुलाई सुरक्षित ठाउँमा राखेर व्यवस्थापन गर्नुपर्छ । कोरोनाको बारेमा हामीले जति हामीले सुनेको छौँ र जति हामीले सोचेका छौँ, त्यस्तो छैन । कोरोना संक्रमण भएपछि जीवन धेरै कठिन हुन्छ । यो समयमा सामाजिक दुव्र्यवहार होइन, सामाजिक दुरी कायम राख्नुपर्छ । कोरोनासँग सजक रहौँ, कोरोना विरुद्ध लड्न साथ दिउ, आत्मबल बढाऔँ, सजिलै जितिन्छ कोरोना ।

तपाईको प्रतिक्रिया