गायिका विन्दु परिवारको स्वरमा समावेश ‘माया गर्छु है’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

एकनारायण भण्डारीको शब्द रहेको गीतमा सुदिप सागरको संगीत छ । यो गीतको भिडियोमा प्रिन्सी र प्रिज्मा खतिवडाको साथमा नायक नाजिर हुसेनले मोडलिङ गरेका छन् । यो भिडियोको कोरियोग्राफी राजीव समरले गरेका हुन् ।

अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन छ । शान थापा भिडियोको निर्देशक हुन् ।


तपाईको प्रतिक्रिया