काभ्रे(धुलिखेल) – जिल्लामा आज (शुक्रबार) १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाबाट ५ जना पुरुष, ३ जना महिला, पनौती नगरपालिकाबाट एक जना महिला, नमोबुद्ध नगरपालिकाबाट एक् जना पुरुष, भुम्लु गाउँपालिकाबाट एक जना पुरुष र एक जना महिला गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।

उनका अनुसार जिल्लामा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । महाभारत गाउँपालिकाका २८ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा उपचारको क्रममा असोज १४ गते मृत्यु भएको डा.झाले बताए । मृतकमा असोज १५ गते (बिहीबार) कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए । योसँगै जिल्लामा कोरोना कारण मृत्यु हुनेको संख्या पुगेको कार्यालयले जनाएको छ ।

आज थपिएका संक्रमितको संख्यासँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय ७३ पुगेको छ । हाल जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या २ सय २० रहेको छ । त्यस्तै जिल्लाका ४ सय ४६ जना कोरोना संक्रमित उपचारपछि  भइ घर फर्किएका छन् ।


तपाईको प्रतिक्रिया