प्रशिक्षक फ्राङ्क लाम्पार्डले अझैपनि गोलकिपर किपा अरिजाब्लागाको भविष्य चेल्सीमा रहेको बताएका छन् ।

स्पेनका अन्तराष्ट्रिय खेलाडी पछिल्लो समय आलोचनाबाट घेरिएका छन् । २५ वर्षिया किपा चेल्सीकाे सुरुवाती लाइन अपमा स्थान बनाउन पश्चिम लण्डन क्लबमा संघर्ष गरिरहेका छन् । उनी ३९ वर्षका विली काबालिरोसंग पहिलो रोजाइका लागि प्रतिस्पर्धा गरिरहेका छन् । अब २० मिलियन पाउण्डमा रेनेसबाट आएका एडोर्ड मेन्डीसंग समेत किपाले प्रतिस्पर्धा गर्नुपर्नेछ ।

मेन्डी मंगलबार राति कारबाओ कपको चौथो चरणमा टोटेनहम हट्सपरबिरुद्ध मैदान उत्रन सक्नेछन् । पछिल्लो समय किपा लोनमा चेल्सी बाहिर जाने चर्चा समेत चलेको छ । सन् २०१८ मा विश्व कीर्तिमानी मूल्यमा किपा एट्लेटिको विल्वाओबाट करिब ७२ मिलियन पाउण्डमा चेल्सी आएका थिए ।

किपाले खेलका दौरान ठुला गल्तीहरु गर्ने गरेका छन् । ब्राइटनविरुद्धको खेलमा समेत सो गल्तीहरु देखियो । ‘म निश्चित रुपमा त्यो बिन्दुमा जान चाहन्न, उनीले चेल्सीका लागि अन्तिम खेल खेल्ने छन् भनेर ।’ लाम्पार्डले भने । ‘मलाई लाग्छ, यो उनका लागि कठिन समय हो । यसलाई राम्रोसंग विवरण बनाएर राखिएको छ । मलाई थाहा छ, उनी यसबारे जानकार छन् । तर हामी निश्चित रुपमा त्यो निष्कर्शमा जानु हुदैन ।’ उनले भने ।

‘मलाई पछिल्लो हप्ता महशुश भयो, किपा एक युवा व्यक्ति हुन् । यसलाई चर्काउन केही हदसम्म अनुचित हो ।’ उनले थपे । ‘मलाई उनको बचाउन गर्न आवश्यक छ । मलाई थाहा छ, उनी राम्रो व्यक्ति हुन् । उनले पूर्ण रुपमा व्यवसायीक रुपमा खेलिरहेका छन् । उनी जे गर्छन्, सर्वश्रेष्ठ गर्ने इच्छा राख्छन् । जसरी सबै टिमले गरेका छन् ।’ लाम्पार्ड भने ।

चेल्सीले प्रिमियर लिगमा गत शनिबार वेस्ट ब्रुमसंग ३–३ को नतिजा आत्मसाथ गर्यो । चेल्सीले टिम परिवर्तन गर्ने संकत गरेको छ । वेन चिलवेल पुन प्लेइङ सेटमा आउन सक्नेछन् । हप्ता दिन अघि उनी कारबाओ कपको तेस्रो चरणको खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए । तर हाकिम जियाच र क्रिस्टियन पुलिसिक चोटका कारण अझै चेल्सीसंग अनुपस्थित रहनेछन् ।


तपाईको प्रतिक्रिया