क्रोएसियन मिडफिल्डर फिलिप क्रोभिनोभिच थप एक सिजन वेस्ट ब्रुममै रहने भएका छन् ।

मिडफिल्डर फिलिपलाई थप एक सिजन क्लबमा राख्न वेस्ट ब्रुम सहमत भएका छन् । २५ वर्षीय मिडफिल्डर फिलिप गत सिजन पोर्चुगिज क्लब बेन्फिकाबाट लोनमा वेस्ट ब्रुम आएका थिए ।

वेस्ट ब्रुम च्याम्पियनसिपबाट प्रिमियर लिगमा बढुवा हुँदा फिलिपले गत सिजन ४० खेलमा ३ गोल गरेका थिए । फिलिप सन् २०१७ मा बेन्फिका आएका थिए । उनले बेन्फिकाका लागि १७ खेलमा १ गोल गरेका थिए ।


तपाईको प्रतिक्रिया