इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सले अहिले सनराइजर्स हैदराबादसँग प्रतिस्पर्धा गर्दैछ । शेख जायद स्टेडियममा सन्दीप आबद्द टिम दिल्लीले पहिले फिल्डिङ गर्ने भएको छ । टस जितेर दिल्लीले पहिले बलिङ रोजेको छ ।

केहि बेरमा हैदराबादले ब्याटिङ थाल्नेछ । तर, सन्दीपले सिजनको दोस्रो खेल पनि खेल्ने छैनन् । दिल्लीले हैदराबादविरुद्धको खेलका लागि सन्दीपलाई प्लेईङ सेटमा राखेको छैन । लगातार तेस्रो पटक आईपीएल खेलिरहेका सन्दीप लगातार तेस्रो खेलमा टिममा नपरेका हुन् ।

आज दिल्ली लगातार तेस्रो जितको खोजीमा रहेको छ । अघिल्ला दुई खेलमा अपराजित दिल्ली ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । श्रेयस एयरको कप्तानीमा मैदान उत्रने दिल्लीले पहिलो खेलमा किङ्स इलाभेन पन्जाबलाई सुपर ओभरमा हराएको थियो । दोस्रो खेलमा दिल्लीले चेन्नई सुपर किङ्सलाई ४४ रनले हराएको थियो ।

हैदराबाद दिल्लीलाई हराएर पहिलो जित निकाल्न चाहन्छ । डेभिड वार्नरको कप्तानीमा रहेको हैदराबादले अघिल्ला दुई खेल गुमाएको थियो । पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स बैंगलोरसँग १० रनले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा हैदराबाद कोलकत्ता नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको थियो ।


तपाईको प्रतिक्रिया