काभ्रे (धुलिखेल) –  जिल्लामा आज (मंगलबार) थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

संक्रमण पुष्टि भएकाहरुमध्ये पनौती नगरपालिकाबाट १ जना पुरुष र १ जना महिला, बनेपा नगरपालिकाबाट ३ जना महिला र ३ जना पुरुष र पाँचखाल नगरपालिकाबाट ३ जना पुरुष र ५ जना महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।

उनका अनुसार योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय ३० पुगेको छ । आज (मंगलबार) जिल्लाबाट १३ जना संक्रमित उपचारपछि कोरोना निको भई घर फर्किएको कार्यालयको जानकारी छ । त्यस्तै काभ्रेमा हालसम्म ४ सय १९ जनाको उपचारपश्चात कोरोना जितेर घर फर्किएका छन् ।

अहिले जिल्लामा २ सय ५ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । त्यस्तै अस्पताल आइसोलेसनमा १ सय २८ र होम आइसोलेसनमा ७७ जनाको उपचार भइरहेको कार्यालयले जनाएको छ । हालसम्म जिल्लामा ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।


तपाईको प्रतिक्रिया