भोलाप्रसाद चापागाईं
प्रमुख प्रशासकीय अधिकृत
नमोबुद्ध नगरपालिका, काभ्रे

0 तपाईंको स्थानीयतहमा कोरोना संक्रमणको अवस्था कस्तो छ?
– यस नगरपालिका क्षेत्रमा कोरोना संक्रमणको अवस्था सामान्य रहेको र हालसम्म कोरोना समुदाय स्तरमा फैलिन दिइएको छैन । यस नगरपालिकामा अहिले सम्म कोरोना संक्रमणको कारण कुनै नगरवासीले मृत्युवरण गर्नु परेको छैन । नगरपालिका भित्र आरडिटी २३० र पिसिआर २६९ संख्यामा परिक्षण गर्दा १३जनामा कोरोना पोजेटिभ देखा परेकोमा १ जना होम आइसोलेसनमा उपचाररत हुनु हुन्छ भने २ जना धुलिखेल अस्पतालमा उपचार गराई स्वास्थ्य लाभ गरी घर फर्किनु भएको छ । यसैगरी ७ जनालाई नगरपालिकाको वडा नं. ४ स्थित जनक मा.वि. मा तयार गरिएको नगरपालिकाको आइसोलेसन वार्डमा उपचार गरी घर पठाइ सकिएकोछ । यस नगरपालिकाको क्वारेनटाइनबाट १३० जनाले सुविधा प्राप्त गरिसकेका छन् । आवश्यकता अनुसार बजारलाई स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पु¥याई व्यवस्थित ढंगले संचालन गरिएको अवस्था छ । साथै कोरोना महामारी रोकथाम एवं नियन्त्रणका विषयमा सरोकारवालाहरु संग समय समयमा अन्तरक्रियाका कार्यक्रमहरु पनि संचालन गर्ने गरीएको छ ।

0 संक्रमण रोक्न के कस्ता उपायहरु अवलम्वन गर्नुभएको छ ?
– हामीले संक्रमण रोक्नका लागि नगरभरि सचेतनाका लागि जनचेतनामूलक कार्यक्रमहरु संचालन गरेका छौं भने गर स्तरीय र वडा स्तरीय प्रकोप व्यवस्थापन समितिलाई सक्रिय बनाएका छौं । यस्तै वडा कार्यालय र स्वास्थ्य संस्था मार्फत सबै वडामा यथासक्य माक्स, स्यानिटाइजर र हातधुने साबुनको वितरण गरेका छौं । नगर भित्रका स्वास्थ्यकर्मीहरुलाई पिपिई, फेसर शिल्ड, ग्लब्स लगायतका आवश्यक सामग्री उपलव्ध गराउनुका साथै स्वास्थ्य संस्थाहरुलाई आवश्यक औषधी र उपकरणको व्यवस्था गरेका छौं । यसैगरी कोरोनाबाट प्रभावित रोजगारी गुमेका अतिविपन्न र संरक्षण गर्नुपर्ने वर्गलाई राहत वितरण गरिदै आएको छ ।नगरपालिकाले ५६ बेडको क्वारेनटाइन र १० बेडको आइसोलेसन संचालनगरेको छ । महामारी फैलन नदिनका लागि जार, उद्योग, कलकारखानाहरुलाई केन्द्रीय सरकारको निर्देशन र जिल्ला संगको समन्वयमा अवस्था हेरी कुनै समय पुरै बन्द, कहिले काँहि समय सिमा तोकि निश्चित समय मात्र संचालन गर्ने व्यवस्था मिलाईएकोमा हाल स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पु¥याई व्यवस्थित ढंगले संचालन गरिएको अवस्था छ । यस्तै पोजेटिभ केसको आधारमा क्लोज कन्ट्याक्टमा रहेका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाव कलेक्सनर परिक्षणलाई तिब्रता दिईएको छ । यो आर्थिक बर्षका लागिबजेट विनियोजन गर्दा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ ।

0 संक्रमण रोक्न स्थानीय जनताबाट कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ?
– कोरोनाको महामारीलाई रोकथाम गर्न व्यक्तिस्वयं चेतनशिलभई आफु पनि बच्ने अरुलाई पनि बचाउन जरुरी छ । त्यसैले १० वर्ष मुनि र ६० माथिका व्यक्तिहरुले सम्भव भएसम्म घरबाहिर ननिस्कने, अन्यले अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कने, अनावश्यक भिडभाड भएको ठाँउमा नजाने, सामाजिक भौतिक दुरी कायम गर्ने, माक्सको अनिवार्य र उचितप्रयोग गर्ने, समय समयमा साबुनपानीले हातधुने वा स्यानिटाइजरले हात सफा गर्ने, कोरोनाको कुनै लक्षण देखिएमा नजिकै को स्वास्थ्य संस्थामा सम्पर्क गर्ने अरुलाई पनि सचेत गराउने जस्ता क्रियाकलापको जनस्तरबाट अपेक्षा गरिएको छ ।

0 केन्द्रीय सरकारबाट कस्तो सहयोग पाइरहनुभएको छ ?
– केन्द्रीय सरकारबाट सोचे अनुरुप सहयोग प्राप्त नभएको अनुभुति हामीले गरेका छौं । कुनै पनिकाम सम्पन्न गर्न मानव स्रोत, आर्थिक स्रोत, संरचना र प्रविधि आवश्यक पर्ने भएको हुँदा स्वास्थ्य क्षेत्रमा दरबन्दि पुरा नभएको, स्वास्थ्य संस्थाहरुको भौतिक संरचना कमजोर भएको हुँदापर्याप्त जनशक्तिको व्यवस्था सहित स्वास्थ्य संरचनाहरुको पुर्वाधार सुधारमा सहयोगको अपेक्षा गरिएकोमा सार्थक सहयोग प्राप्त नभएको महसुस गरिएको छ । यद्यपि सामान्य बजेटको व्यवस्था र नीतिगत निर्देशन भने प्राप्त भएको छ ।

0 कोरोनाको रोकथामका लागि केन्द्रीय सरकारले चाल्नु पर्ने कदमका बारेमा सुझाव छ की ?
– स्वास्थ्य क्षेत्रमा संघीयताको स्वरुप सार मात्र होईन संघीयता अनुरुपको संरचना रुप नै अपेक्षा गरिएकाले सोही अनुसारको व्यवस्थापन हुन जरुररी रहेको छ । यस्तै समयानुकुल विश्व स्वास्थ्य संगठनको निर्देशन अनुरुपका नीति, नियम, निर्देशिका, कार्यविधिबनाई संसोधन गरी उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको छ भने राष्ट्रिय संचार माध्यमहरुबाट पर्याप्त प्रचार प्रसारहरु गर्नुपर्ने देखिन्छ । यसका साथै स्थानीय स्तरमा उपलब्ध हुन नसक्ने कोरोना महामारी रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्रीहरु थर्मल गन, पिपिई सेट, पिसिआर टेष्ट किट, पिसिआर परीक्षण गर्ने मेसिन स्थानीय सरकारलाई उपलव्ध गराउन जरुरी छ । यस्तै स्थानीय स्तरमा सबै वडामा स्वास्थ्य संरचनाहरु निर्माण गर्न बजेट विनियोजन गर्नुपर्ने, पुराना संरचनालाई सुधार गर्नु पर्ने, दरवन्दि अनुसारको स्वास्थ्य जनशक्तिको परिपुर्ति गर्नु पर्ने सुझाव पनि दिन चाहन्छु । यस्तै केन्द्रीय प्राकृतिक प्रकोप कोषबाट संघीय सरकारको अग्रपन्तिमा काम गर्ने स्थानीय सरकारको प्रकोप व्यवस्थापन विषेश कोषमा समय समयमा बजेट उपलब्ध गराउन र क्वारेनटाइन र आईसोलेसनको प्रयोगका लागि हरेक स्थानीय तहमा सामुदायिक भवनहरुको निर्माण गर्न बजेट विनियोजन गर्न सुझावदिन चाहन्छु ।

प्रस्तुती : सुरज श्रेष्ठ / काभ्रेपलाञ्चोक


तपाईको प्रतिक्रिया