रियालिटी शो द भोइस अफ नेपालको पहिलो सिजन विजेता गायक सिडी विजय अधिकारीले आफ्नो नयाँ  म्युजिक भिडियो ‘सम्झेर सानु’ सार्वजनिक गरेका छन् ।
हृदयस्पर्शी यस गीतलाई दिल खड्काले लेखेका हुन् भने स्वयम् गीतकार खड्काको यसमा संगीत रहेको छ।  गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका हुन् । परदेशीको पिडा बोकेको यो भिडियोले कोरना कहरविच यो वर्षको दशैँमा घर फर्किन नपाउने परदेशीहरुको मन रुवाउन सक्छ ।
म्युजिक भिडियोमा रोशनी कार्की र राज खड्काको जीवन्त अभिनय देख्न सकिन्छ।  बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्।  राज खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। जीटुजी मिडिया (G2G Media ) को अफिसिएल च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।
अग्रिम रुपमा दशैँको शुभकामना सहित निर्माण टिमले यस भिडियोलाई हेरेर प्रतिक्रिया दिन हुन  सम्पुर्ण संगीतप्रेमीहरुमा आग्रह गरेका छन्।
VIDEO LINK : https://youtu.be/pU3AhmRnqK4

तपाईको प्रतिक्रिया