काभ्रे (बनेपा) – ईलाका प्रहरी कार्यालय बनेपाले छ बर्षदेखि बैकिङ ठगी मुद्दामा फरार रहेका प्रतिवादीलाई काभ्रेको बनेपाबाट पक्राउ गरेको छ ।

जिल्लाको बनेपा नगरपालिका वडा न ६ निवासी ५६ बर्षीय जयन्ती केसीलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा गएको टोलीले उच्च अदालत ललितपुरबाट २०७१ बैशाख २९ गतेको बैकिङ कसुर मुद्दामा फरार रहेकी केसीलाई बनेपा वडा न ६ बाट पक्राउ गरेको थियो ।

उच्च अदालतले बैकिङ कसुर मुद्धामा ११ करोड ८२ लाख ९२ हजार ११६ रुपियाँ र तीन बर्षको कैद तोकेको थियो । तर उनी अदालतबाट फैसलाको ६ बर्ष सम्म फरार हुँदै आएकी थिइन । उनलाई बिहीबार नै जिल्ला अदालत काभ्रेले कैद भुत्तानीका लागि जिल्ला कारागार धुलिखेल चलान गरिएको प्रमुख तिमिल्सिनाले बताए ।


तपाईको प्रतिक्रिया