सेफ शंकर जिरेल
ग्लोबल नेप्लिज सेफ फेडेरेसनका सदस्य तथा ग्रिल हाउस रेष्टुरेन्ट सेकुवा घरका संचालक

जुन खानाले मानिसको ज्यान बचाउँछ, त्यहीँ खानाले मृत्युको मुखसम्म पु¥याउन सक्छ । त्यसैले सबैलाई खानाको बारेमा धेरै थोरै ज्ञान हुन आवश्यक छ । हाल विश्व कोभीड १९ को महामारीबाट त्रसित छ । कोरोनाको जोखिमका देश लकडाउनमा भएकाले हामी सबै घरभित्रै बस्न बाध्य छौ ।

गर्मीको समय छ । बजारबाट धेरै दिनलाइ पुग्ने सरसामन एकै दिन किनेर ल्याएर घरमा राख्न बाध्य छौ । गर्मीमा तरकारी लगायत खाद्यन्न सामान चाँडै बिग्रन्छन् । तुलानात्मक रुपमा गर्मी याममा हामीले खाएको खाना हाम्रो पाचन प्रणालीले राम्रोसँग काम गर्न सक्दैन । त्यसकारण खानाको सन्तुलनसँगै स्वस्थ्य शरिरका लागि शारिरिक व्यायाम पनि जरुरी हुन्छ ।

जसरी हामीले स्वस्थ शरिरका लागि सरसफाईमा विशेष ख्याल राख्ने गछौँ । त्यसरी नै स्वस्थ शरिरका लागि हामीले खाने खानेकुराको बारेमा पनि जानकारी राख्न आवश्यक छ । हामीलाई खानेकुराको बारेमा प्रयाप्त ज्ञान नहुदा पनि स्वास्थ्यमा विभिन्न किसिमका समस्याहरु आउन सक्छन् । प्रमुख समस्या भनेकै ‘फुड पोइजनिङ’ हो । हामीले खानामा मिश्रित ढुङ्गा ,कीला, फलामको टुत्रा, कपाल, केमिकल लगायतले प्रत्यक्ष हाम्रो स्वास्थ्यमा असर गरिरहेको हुन्छ । (व्याक्टेरियल) जैविक प्राकृतिक जिवाणु , विषाक्त बोट विरूवा, ढुसियुक्त, यिष्ट,मर्चा जस्ता मिसावट खाद्यको सेवनले पनि उत्तिकै असर गरिरहेको हुन्छ ।

खाना खेर नजाओस् भनेर धेरैजसोले बिहान पकाएको खाना बेलुका र बेलुकाको बिहान खाने गर्छौँ । तर हामीले बिहान/बेलुकाको खाना खाँदा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ । अहिले गर्मी मौसम भएकाले यसरी खाना खाँदा ख्याल नगरेमा हामीलाई ‘फुड पोइजन’को समस्या हुन सक्छ । किनभने ३७ डिग्री सेल्सियसभन्दा माथिको तापक्रम भएमा खाना ब्याक्टेरियाहरू बृद्धि भइ ‘फुड पोईजनिङ्ग’को समस्या हुने देखिन्छ ।

त्यसैले खानाहरु उपयुक्त तापक्रममा भण्डारण गर्न अवश्यक छ । पाकेको खानालाई डेन्जर जोनमा पर्न नदीन ९० मीनेट भित्र चिसो बनाइ १ देखि ५ डिग्री सेल्सियसकोे तापक्रम मा स्टोर गर्नु पर्दछ । कुनैपनी बासी खान तताएर एकपटक मात्र प्रयोग गर्नुपर्दछ । सकेसम्म काचो मासुहरु (१८ सेन्टिग्रेट तापक्रममा फ्रोजन गरेर प्रयोग गर्दा स्वस्थ्य हुन्छ । तुलनात्मक रुपमा काचो मासुमा सजिलै ब्याक्टेरिया संक्रमण हुने हुदाँ पकाउँदा र स्टोर गर्दा विशेष ध्यन दिनु आवश्यक छ । अहिलेको अवस्थामा हामीले मौलिक तथा अर्गानिक खानपिनमा जोड दिन सकेमा हामीले स्वस्थकर जीवन जिउन सक्नेछौँ ।


तपाईको प्रतिक्रिया