अम्बिका दुलाल (अधिकारी)
बनेपा-९, काभ्रेपलाञ्चोक

शिक्षाले मानिसलाई शिक्षित र ज्ञानि बनाउदछ । तर, व्यक्तिलाई मात्र शिक्षा नभई ज्ञान र व्यबहारले पनि ज्ञानि वा विवेकी हुन सिकाउदछ । कोहि पनि व्यक्ति आफैमा निपुण हुदैन । जिन्दगी भनेको सिक्दै जाने प्रक्रिया हो जुन मानिसले मृत्यु पर्यन्त सिकिरहन्छ । जति सिके पनि ज्ञान लिए पनि मानिसलाइ कहिल्यै पुग्दैन । “घर” व्यक्तिको पहिलो पाठशाला हाे भने विध्यालय दोश्रो । पहिलो पाठशालाबाट व्यक्तिले बोल्न, खेल्न र हास्न सिकेको हुन्छ भने विध्यालयबाट ज्ञान सिक्दछ । १२ घन्टाको समयावधिमा आधा भन्दा बढी समय घरमानै बिताउछ ।

घरबाट एउटा बच्चालाई आमाबाबुले संस्कार र व्यबहारिक हुन सानै देखि सिकाइयो भने पछि गएर उसमा सु-संस्कार व्यबहारिकपन झल्किन्छ। हाम्रा विध्यालयहरुले अहिलेसम्म पनि सैद्धान्तिक ज्ञान मात्र दिने गरेको पाइन्छ र त्यसैलाई प्राथमिकता दिने गरेको छ । हाम्रो जिवनमा सैद्धान्तिक ज्ञान पनि आवश्यक कुरा हो। जसले शैक्षिक स्तरको लेखाजोखा गर्दछ । तर मात्र शैक्षिक स्तरको लेखाजोखा मात्र नै जीवन होइन । व्यबहारिक स्तरको लेखाजोखाले चाहिँ मानिसको जिवनलाइ पुर्ण हुन प्रेरित गर्दछ। यदि सैद्धान्तिक ज्ञानका साथ -साथै आचरण संस्कारयुक्त ज्ञान जब व्यक्तिले प्राप्त गर्छ तब व्यक्तिको जीवन सुगन्धमय हुन्छ। जति सुगन्धको आभास संस्कारयुक्त शिक्षाको हुन्छ त्यति नै आभास सैद्धान्तिक ज्ञानको नहुने कुरा रहेको छ।

मानिसको जीवन नै एउटा सिकाइ प्रक्रिया हो सिकेर मानिसलाइ कहिल्यै पुग्दैन र पुर्ण पनि भइदैन तसर्थ सिकाइको क्रममा धेरै आरोह अवरोह हरुको सामना गरेको हुन्छ । सिकेर कहिल्यै पुग्दैन पनि । हरेक आमाबाबुको यो चाहना हुन्छ कि आफ्नो सन्तान संस्कारि व्यबहारिक र ज्ञानि भइदिउन तर हरेकले चाहेजस्तो पूरा भइरहेको हुदैन । प्रत्येक विध्यालय पनि यहि चाहान्छ कि आफ्ना विध्यार्थी अन्य विध्यालयका विध्यार्थी भन्दा तिक्ष्ण होउन् अब्बल आउन तर यो जति सोचिन्छ यसैमा अलिकती संस्कार र व्यबहारिक हुन पहिलो पाठशाला घर र दोश्रो पाठशाला विध्यालयबाट नै सुरुवात गरिएन भने सोचेको कुरा पूरा हुन सम्भव हुदैन। हामी जे कल्पना गर्छौ त्यो चाहे अनुरुप हुनका लागि सुरुवाती अवस्थाबाट नै प्रयास त हामिले नै गर्नुपर्छ तब चाहेजस्तो हुन सक्छ र सम्भव छ ।

आजकालका केटाकेटीहरुमा एउटा यस्तो समस्या खडा भएको छ कि न त उनिहरु कसैलाई राम्रो प्रतिक्रिया गर्दछन न उनिहरुमा अरुको भावनालाई बुझ्ने र समबेदना लाई कदर गर्ने बानिको बिकास भएको छ। एकदम “म” मात्र गरु मै लाउ, मै खाउ “म” “मरो” मात्र सोच्दछ्न र एक्लोपनाको खाडलमा पसिरहेका छन। यो सबै हुनुमा एउटा त प्रबिधिको दुरुपयोग पनि हो र अर्को त विध्यालय र परिवार पनि गैरजिम्मेवार हुनु हो। एउटा व्यस्त परिवारको बालकले सानै देखि यहि कुरा सिक्यो कि खेलौनाहरु खेलेर एक्लै रमाउने, एक्लै बस्ने, कसैप्रती माया ममता स्नेहको भावना भन्दा म र मेरा लागि हो सबैकुरा। जुन कुरालाई गहिरिएर सोच्दा स्थिति जटिल बन्न गएको महसुस हुन्छ। राम्रो कुराको लागी सुरुवात आफैबाट हुनुपर्छ। आफै सकारात्मक रुपमा बदलिन सक्नु पर्दछ। व्यक्तिमा सकारात्मक रुपमा मानसिक परिवर्तन हुनु नै विकास हो ।

संस्कार सिकाउन सुरुवात घरबाटै गरिनु पर्छ। एउटा परिवारका आमाबाबुले आफ्ना बच्चालाई सानैदेखि संस्कार सिकाउनु पर्दछ कि ठूलालाई आदर सम्मान र सानालाइ माया, स्नेह गर्नु पर्दछ। अरुको दुखमा पनि साथ सहयोग गर्नु पर्दछ। कसैलाइ अपहेलना गर्नु हुदैन। आफ्ना बच्चालाई सानैदेखि व्यबहारिक हुन सिकाउनु पर्दछ। उसलाई साना-साना कुराहरुमा सहभागी हुन लगाउने जस्तो = आफ्नो काम आफै गर्नुपर्छ भन्ने हेतुले उमेर अनुसारको काम र जिम्मेवारी दिने, उसमा उत्साह पैदा गर्ने गर्नुपर्दछ र यो तिम्रो कर्तव्य तथा जिम्मेवारी हो यसलाई पूरा तिमी आफैले गर्नुपर्दछ भनेर सानैदेखी कर्तव्य बोध गर्न सिकाउनु पर्दछ न कि सानो छ गर्न सक्दैन भनेर पछाडि हट्नु हुदैन । विद्द्यालय बाट असल आचरण ,निस्वार्थिपन र नैतिक ज्ञान दिनु पर्छ। जस्तो कि आफ्ना साथी, गुरुवर्ग, अभिभावकहरुको सम्मान गर्नु पर्छ। आफुले जानेका कुरा सबैलाइ सिकाउनु पर्छ। निस्वार्थ भएर काम गर्नु पर्छ , लोभ , लालच राख्नु हुदैन । हरेक कुरामा सहभागी गराएर व्यबहारलाई बुझ्ने मौका दिनु पर्छ। जसले गर्दा बालकमा व्यबहारिकपन झल्किन्छ र सु- संस्कार पनि । संस्कृतमा एउटा श्लोक छ
गुरुर ब्रम्हा, गुरुर विष्णु
गुरुर देबो महेश्वर
गुरुर साक्षात परम ब्रम्हा
तस्मै श्री गुरवे नम :
जहाँ गुरु शब्दको अर्थ,

गु= अन्धकार
रु= हटाउने व्यक्ति

कुनै पनि व्यक्तिको जिवनमा अन्धकार हटाउने व्यक्ति नै “गुरु” साबित हुन्छ। गुरुलाइ पथप्रदर्शकका रुपमा पनि चिनिन्छ, जसले सत्मार्गमा लम्कन पथ प्रदर्शन गरेको हुन्छ। त्यकारण घरमा आमाबाबु , विध्यालयमा शिक्षकहरु , आफ्ना असल र निस्वार्थि मित्रहरु जो कसैको जिवनमा अन्धकार हटाउन मार्ग निर्देशन गर्दछ, त्यो एक सच्चा गुरु हो । मेरो “लेख” को आशय पनि यहि नै हो कि हामि त्यस्ता गुरु भैदिनु पर्छ, चाहे जो कोहि किन न होस जसले हरेक बालबालिकालाई संस्कार , आचरण सहितको व्यबहारिक ज्ञान सक्नुपर्छ । अनि मात्र हाम्रो समाज , राष्ट्र मै शान्ति ,समृद्धि र विकास हुन सक्छ नत्र भने सधैं अरुप्रती आरिस गर्ने द्वेषको भावना स्वार्थिपनले कहिल्यै छोड्दैन। त्यसैले “संस्कारयुक्त शिक्षा नै आजको आवश्यकता” मा पर्दछ।


तपाईको प्रतिक्रिया