डम्बरु दाहाल
प्रमुख प्रसाशकिय अधिकृत
रोशी गाउँपालिका, काभ्रेपलाञ्चोक

१. रोशी गाउँपालिकामा कोरोना संक्रमणको अवस्था कस्तो छ ?
– कोरोनाबाट संक्रमित भएकाहरुको संख्या न्यून नै छ, सबै संक्रमितहरु निको भई घर फर्किसक्नु भएको छ । वि.पि. हाईवे सँग जोडिएको गाउँपालिका भएकोले संक्रमणको जोखिम उच्च छ ।

२. रोशीमा संक्रमण रोक्न के कस्ता उपायहरु अवलम्वन गर्नुभएको छ ?
– गाउँपालिका भर भिडभाड नहुने प्रबन्ध गरीएको, कार्यास्थल छिर्नुपुर्व अनिवार्य ज्वरो नाप्ने तथा माक्स, स्वानिटाईजर अनिवार्य गरिएको छ ।

३. संक्रमण रोक्न स्थानीय जनताबाट कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ ?
– स्थानीय जनताले आफै बुझेर भिडभाड नगरिदिने, मास्क, पन्जा, स्यानिटाजरको अनिवार्य प्रयोग गरिदिने, गाउँपालिका बाहिरबाट कोहि नयाँ मानिस आए खबर गर्ने ।

४. केन्द्रिय सरकारबाट कस्तो सहयोग पाइरहनु भएको छ ?
– केन्द्रिय सरकारले आर्थिक भन्दा अन्य सहयोग गरिरहेकै छ । निति निर्देशन प्राप्त भएकै छ । सूचनाहरु तत्काल प्रेषित भएकै छ । पि.सि.आर. गर्ने प्रबन्ध भएको छ ।

५. कोरोना रोकथामका लागि केन्द्रिय सरकारले चाल्नु पर्ने कदमका बारेमा केहि सुझाव छ की ?
– अत्यावश्यक बाहेकको सबै सेवा बन्द गर्ने, विद्यालय संचालन गर्नका लागि भनेर विद्यालय क्षेत्रबाट क्वारेन्टाईन हटाउने भनिएकोमा क्वारेन्टाईन राख्ने विद्यालय बाहेक अन्यत्र उपयुक्त क्षेत्र नभएकोले सो निर्णय पुन विचार गर्नुपर्ने । आईसोलेसन स्थापना गर्न जनशक्ति गाउँपालिकाले व्यवस्थापन गर्न कठिनाई भएकोले सो निर्णयमा केन्द्रले सहयोग गर्ने ।

प्रस्तुती : सुरज श्रेष्ठ, काभ्रेपलाञ्चोक


तपाईको प्रतिक्रिया