अशोक बिष्ट
प्रमुख प्रशासकीय अधिकृत
महाभारत गाउँपालिका, काभ्रेपलाञ्चोक

१. तपाईको स्थानीय तहमा कोरोनाको संक्रमणको अवस्था कस्तो छ ?
– जब कोरोनाको संक्रमण चिनको वुहान प्रान्त हुदै बिस्तारै विश्वमा फैलिदै गएको समाचार सुन्नमा आउन थाल्यो हामी निकै शर्तक र सचेत भईरहेका थियौ र यसको संक्रमणबाट बच्न हामीले शुरुका दिनदेखिनै सावधानी अपनाई रहेको हुँदा हाम्रो गाउँपालिकामा खासै कोरोना संक्रमण हाल सम्म देखिएको छैन ।

२. संक्रमण रोक्न के कस्ता उपायहरु अवलम्बन गर्नु भएको छ ?
– कोरोना रोकथामको लागी गाउँपालिकाले २०७६ चैत्र १० गते बेलुकी ६ बजेदेखिनै अर्को सूचना जारी नभए सम्मका लागी आकस्मीक सेवा वाहेकका सबै आवत जावतमा रोक लगाएको थियो । गाउँपालिकाको मुख्य प्रवेशद्धार बुढाखानीमा हेल्प डेस्क समेत स्थापना गरी निरन्तर रुपमा गाउँपालिका प्रवेश गर्ने सबैको अनिवार्य स्वास्थ्य परिक्षण गरेर मात्र प्रवेश गराउने पहिलो चरणको काम सुरु भएको थियो । दोस्रो चरणमा हामीले वडा नं.४ को महादेबटारमा ८ वेड, वडा ५ को वडा कार्यालयको नयाँ भवन किल्लामा ७ वेड, वडा नं.६ बनखुचौरमा ६ वेड, वडा नं.७ को ज्योती निम्न मा.वि.मा १० बेढ , वडा नं. ८ को पुरानो स्वास्थ्य चौकी भवनमा ४ वेड, वडा नं. १ को भैरव मा. विमा ६ वेड र वडा नं २ मा ४ वेडको क्वारेन्टीन सेन्टरहरु स्थापना गरिएको थियो ।

त्यसको साथ साथै नेपाल सरकारले जारी गरेको कोरोना रोकथामको सूचनाहरुलाई उफर मार्फत गाउँ गाउँ र टोल टोलमा हामीले जनचेतना बढाउने उद्देश्यले सचेतना मुलक कार्यक्रमहरु संचालन गरिएको थियो । यही सचेतनाहरुलाई उजागर गर्दै जाँदा विदेशबाट फर्किएका नागरिकहरुको खोजी गरेउ र तीनहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । विदेशबाट फर्किएका कोरोना संक्रमितलाई धुलिखेलको क्वारिन्टीन सेन्टरमा राखेर उपचार पछि मात्र हामीले गाउँ भित्रयाउने काम गरिरहेका छौ । यस अवधीमा पिसिआर टेस्ट जम्मा २० जना र आरडिटि टेस्ट जम्मा ४२ जनामा गरियो । हाल सम्म महाभारत बासी कसैलाई पनि कोरोना पोजिटिभ भएको पाईएको छैन ।

३. संक्रमण रोक्न स्थानीय जनताबाट कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ ?
– यसमा के छ भने नागरिकहरु सबैको कम्ट्याक ट्रेसिङ गर्नु सरकारलाई चुनौतीपूर्ण काम हो । किनकी मानिस आफै एउटा स्वतन्त्र प्राणी हो तर यस्तो संक्रमण र विश्व महामारीको बेला जनता आफै सचेत हुनुपर्छ र सरकारले जारी गरेको निसेध आज्ञाको पालना गर्नुपर्छ । अति आवश्यक कामको लागी कहि कतै जानुपरे स्थानीय निकायलाई जानकारी गराएर गयो र सरकारले जारी गरेको आज्ञा पालना ग¥यौँ भने यो महामारी चाँडै नै नियन्त्रण गर्न सकिन्छ । यसै सन्दर्भमा हाम्रो महाभारत गाउँपालिकामा हालै भएको एउटा घटना म यहाँलाई बताउन चाहान्छु । वडा नं.२ को एक जना महिलामा पाठेघरको समस्या रहेछ । समाचारको श्रोत अनुसार असार २० गते उहाँको ज्वाईले पाटन अस्पतालमा उपचारार्थ लैजानु भएछ । २६ गते उहाँलाई डिसचार्ज गरियो र डिसचार्ज संगै आरडिटि टेस्टमा उहाँलाई कोरोना पोजिटिभ भएको रिपोर्ट पनि अस्पतालले दिएछ ।

यो कुरा हामीले कुनै गोप्य श्रोतबाट थाहापछि सिधैँ हाम्रो स्वास्थ्यकर्मीमार्फत उहाँलाई धुलिखेल क्वारिन्टीन सेन्टरमा लगिएको थियो । उहाँको उपचारको लागी अस्पतालमा पु¥याइयो र उहाँको पुनः आरडिटि टेस्ट भयो । तर यस पटक भने उहाँको आरडिटि रिपोर्ट नेगेटिभ देखियो । त्यसपछि उहाँको सम्पर्कमा रहेका सबैको पिसिआर परिक्षण टेस्ट गरायाँै । त्यस्तै वहाको संपर्कमा आउने २ जना वडा अध्यक्षलाई त क्वारिन्टीन सेन्टरमा पनि राखियो । अब यसको मतलब के हो भने हामी सबैले यो घटनाको कारण तनाब र दुख पाईयो । यहाँ मिस्टेक कहाँनीर भयो भने ती महिलाको नाम र बास्तवीक कोरोना पोजिटीभ भएको महिलाको नाम एउटै रहेछ । वहाँको ज्वाईले उनलाई घर नलगी हामीलाई सम्पर्क गरेको भए । यो तनाब र दुख कसैलाईपनि हुने थिएन । हामी सिधै अस्पतालबाट उनलाई लिएर क्वारिन्टीनमा राखी थप अनुसन्धान गर्थेउ । त्यसकारण यो रोगको रोकथामको लागी जनता आफै सचेत हुनुपर्छ र आप्mनो रोग नलुकाई स्थानीय सरकारलाई जानकारी गराउनुपर्छ ।

४.केन्द्रिय सरकारबाट कस्तो सहयोग पाईरहनु भएको छ ?
– केन्द्रिय सरकारबाट अपेक्षित रुपमा सहयोग पाईराखिएकै छ ।

५.कोरोना रोकथामको लागि केन्द्रिय सरकारले चाल्नुपर्ने कदमका बारेमा केहि सुझाव छ की ?
– यस बारेमा म के भन्न चहान्छु भने रोग हाम्रो समुदायबाट उब्जीएको रोग हैन । केन्द्रिय सरकारले सुरुको दिनमै के कुरामा ध्यान दिनु पथ्र्यो भने यसको सब रुट के हो र रुटमै यसलाई समातेर समाप्त पार्ने तर्फ केन्द्रिय सरकारको ध्यान जानु पथ्र्यो । किनकी कुनै पनि विदेशमा बस्ने हाम्रा नागरिक पहिला एयरर्पोट या ड्राईर्पोटमा आउने हो त्यसपछि मात्र उनीहरु आ–आफ्नो स्थानीय तह तर्फ जाने हो नी । अहिले यत्रो ७५३ वटा स्थानीय तहमा कयन क्वारिनटिन सेन्टर स्थापना गरियो । औषधीमा कयौ खर्च भयो त्यो सबै खर्च एकमुस्ट हामीले केन्द्रमै गरेर संभावित नाकाहरुमै यसलाई रोक्न सकेको भए सायद यो महामारी हाम्रो गाउँबस्ती र स्थानीय तह सम्म पुग्ने थिएन ।

स्वदेश भिर्तिने नाकामै तीनको आरडिटि या पिसिआर टेस्ट गरेर उच्च मापदण्डको क्वारिन्टन सेन्टर जसलाई तत्काल बनाउन सक्ने अवस्था थिएन । अर्को कुरा भारतको जुन सुकै सिमाबाट पनि मानिसहरु स्वदेश भित्रिए । एउटै नाकाबाट मात्र भित्राउने व्यवस्था गरेर यो उपाय अबलम्बन गर्न सकेको भए सायद रुटमै यो रोगको रोकथाम हुन्थ्यो र सरकारले यती गर्दा गर्दैपनि कोही अटेर गेरर अन्नत कतै दोस्रो नाकाबाट लुकी छिपी आएर समुदायमा यो रोग भित्राएको रहेछ भने उसलाई कडा संजायको व्यवस्था गर्न सकिन्थ्यो ।

यो त भयो हामीले शुरुमै गर्न नसकेका हाम्रो कमजोरी अब चाही कम्तीमा पनि १ महिना पूर्णरुपमा कडाईका साथ लक डाउन गरेर हाम्रा सबै अस्पताल, मान्छेहरु बढि भिड भाड हुने ठाउँ आदी स्थानहरुमा पूर्णरुपमा निरमलीकरण नगरी यो रोग नियन्त्रणमा आउला जस्तो मलाई लाग्दैन । दोस्रो कुरा नागरिक स्तरबाट पनि मनोबैज्ञानीक रुपमै यो रोगबाट सचेत हुनुपर्ने आवश्यकता छ ।

प्रस्तुती : सुरज श्रेष्ठ, काभ्रेपलाञ्चोक


तपाईको प्रतिक्रिया