हेटौडा – आर्थिक प्रलोभनमा परी आफुलाई दिईएको जिम्मेवारी इमान्दारीताका साथ निर्वाह नगर्ने काभ्रेका १ सहित ६ जना प्रहरी कर्मचारीहरुलाई मंगलवार बागमती प्रदेश प्रहरी कार्यालयले निलम्बन गरीएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको बिषेश प्रहरी टोलीले सेवाग्राहीसंग रकम लिंदै गरेको अवस्थामा उनीहरुलाई गत साउन २१ गते नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका १ जना र सिन्धुलीका ५ जना गरी ६ जना प्रहरी कर्मचारीहरुलाई सवारी चालकसंग विभिन्न वहानामा रकम लिएको भेटिएपछि नियन्त्रणमा लिई प्रदेश प्रहरी कार्यालय हेटौंडामा झिकाइएकोमा उनीहरुको सम्बन्धमा थप छानविन गर्न हाललाई निलम्बन गरीएको हो । निलम्बन पर्नेमा २ जना प्रहरी हवल्दार र चार जना प्रहरी जवान रहेका छन ।

जिल्ला प्रहरी कार्यालय सिन्धुली र सो अन्तर्गतका कार्यालयमा कार्यरत प्रह राजकुमार श्रेष्ठ, प्रह डोर बहादुर कार्की, प्रज कुमार बाबु सिंह, धिरेन्द्र साह, राम कुमार थापा र जिल्ला प्रहरी कार्यालय काभ्रे अन्तर्गतको ईप्रका मंगलटारमा कार्यरत प्रज नबिन बहादुर थापालाई निलम्बन गरीएको हो ।निलम्बनमा पर्ने प्रहरी कर्मचारीजिल्ला प्रहरी कार्यालय सिन्धुली, ईलाका प्रहरी कार्यालय भिमान, खुर्कोट, मंगलटार, प्रहरी चौकी ढुंग्रेबास र अस्थायी ट्राफिक प्रहरी पोष्ट भिमानमा कार्यरत रहेका थिए ।

निलम्बित प्रहरी कर्मचारीहरुको सम्बन्धमा थप छानविन गर्न प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी नायव उपरीक्षक बिज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली गठन गरेको छ । आफ्नो डियुटीमा ईमान्दारीता प्रर्दशन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्ने र गैह्र व्यवसायीक कार्यमा संलग्नलाई कारवाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने कार्यलाई बागमती प्रदेश प्रहरीले बिशेष अभियानको रुपमा संचालन गरीरहेको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुबाट नागरिक केन्द्रीत, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाबाट बिषेश कार्ययोजना बनाई मातहत प्रहरी कर्मचारीहरुबाट सम्पादन भैरहेको कार्यलाई अनुगमन र मुल्यांकन गर्न सिनियर प्रहरी अधिकृतको कमाण्डमा टाक्स फोर्स गठन गरीएको छ ।

त्यस्तै डियुटीमा बसेका प्रहरी कर्मचारीलाई बिभिन्न प्रलोभन देखाई घुस रकम दिन खोज्ने व्यक्तिहरुलाई घुस वापतको रकम सहित पक्राउ गरी कानुनी बमोजिम कारवाहीको दायरामा ल्याउने १ जना प्रहरी कर्मचारीहरुलाई मंगलवारै बागमती प्रदेश प्रहरी कार्यालयले पुरस्कृत गरेको छ ।

आर्थिक प्रलोभनमा नपरी आफ्नो डियुटीमा ईमान्दारीता प्रर्दशन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरीएको हो । पुरस्कृत हुनेमा अस्थायी ट्राफिक प्रहरी पोष्ट भिमान सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार ओम नारायण महतो रहेको बागमती समन्वय अधिकृत प्रहरी निरिक्षक रोशन थापाले जानकारी दिए ।


तपाईको प्रतिक्रिया