युरोपा लिग फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा इग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले स्पेनिस क्लब सेभियाको सामना गर्दा इटालिन क्लब इन्टर मिलानले युक्रेनको क्लब शब्तरसँग प्रतिस्पर्धा गर्नेछ ।

गएराती भएका क्वाटरफाइनलको अन्तिम दुई खेलमा स्पेनको सेभिया र युक्रेनको शख्तर डोनेट्स्क विजयी भए । क्वाटरफाइनलमा खेलमा स्पेनको सेभियाले इंग्ल्याण्डको वुल्भरह्याम्पटन वान्डरर्सलाई १–० ले हरायो । यो हारसँगै युरोपा लिगको जारी सिजनमा वुल्भरह्याम्पटनको उत्साहजनक यात्रामा पूर्णविराम लागेको छ ।

गएराती भएको अर्को क्वाटरफाईनल खेलमा युक्रेनको शख्तरले स्विटजरल्याण्डको एफसी बाजललाई ४–१ ले पराजित ग¥यो ।शख्तरले अब सेमिफाइनलमा इटालीको इन्टर मिलानसँग भिड्नेछ ।


तपाईको प्रतिक्रिया