काठमाडौं – पत्रकार बलराम बानियाँको निधन भएको छ ।

महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बानियाँको मृत शरीर मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको हो ।

हाल उनको शव हेटौंडा अस्पतालमा राखिएको छ । बानियाँ सोमबार दिउँसोदेखि परिवार र कार्यालयबाट सम्पर्कविहीन भएका थिए । दुई दशकदेखि पत्रकारितामा संलग्न बानियाँ पछिल्लो पटक कान्तिपुर दैनिकमा कार्यरत थिए ।

त्यसअघि पनि उनले कान्तिपुर, नागरिकलगायतमा सम्बद्ध रही पत्रकारिता गरेका थिए । उनी पत्रकार महासंघको सचिव समेत भएका थिए ।


तपाईको प्रतिक्रिया