काभ्रे (पनौती) – अन्तराष्ट्रिय युवा दिवसमा पनौती युवा मञ्चले रक्तदान कार्यक्रम गरेर मनाएको छ ।  “विश्वव्यापी कार्यका लागि युवा संलग्नता” भन्ने नाराका साथ पनौती युवा मञ्चले पनौती बसपार्कमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको प्राविधिक सहयोगमा पनौती बसपार्कमा रक्तदान कार्यक्रम भएकोे पनौती युवा मञ्चका अध्यक्ष सौगात बस्नेतले जानकारी दिए । उनका अनुसार ३० जनाले रक्तदान गरेका थिए । कोभिड–१९ का कारण भीडभाड गर्न नहुने भएपछि ३० जनाले मात्र रक्तदानमा सहभागिता जनाएको बस्नेतले बताए ।

उक्त कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय सदस्य कुमार थापा, मदन भण्डारी खेलकुद समितिका अध्यक्ष राकेश लामा लगायतको उपस्थिती रहेको थियो ।


तपाईको प्रतिक्रिया