काभ्रे (धुलिखेल) – जिल्लामा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संघीय प्रहरी कार्यालय काभ्रे बनेपामा कार्यरत ३ जना प्रहरी र ९२ वर्षका वृद्धमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताए ।

उनका अनुसार योसँगै काभ्रेमा कोेरोेना संक्रमितको कुल संख्या ५२ पुगेको छ । कोरोना संक्रमणबाट जिल्लामा एक महिलाको मृत्यु भएको छ ।


तपाईको प्रतिक्रिया