काभ्रे (धुलिखेल) – ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा सोमबार बिहान मृत्यु भएकी काभ्रेका ५० वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

आइतबार सिकिस्त अवस्थामा भर्ना भएकी उनको आइसीयुमा राखेर उपचारको क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा. सुरज बज्राचार्यले जानकारी दिए ।

सोमबार बिहानै मृत्यु भएपनि बेलुका मात्र उनको कोरोना संक्रमणको रिपोर्ट आएको बज्राचार्यले बताए ।

कोरोना भाइरस संक्रमणका कारण किस्टअस्पतालमा मृत्यु हुने उनी तेस्रो बिरामी हुन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ ।


तपाईको प्रतिक्रिया