काभ्रे  (धुलिखेल) – जिल्लामा आज थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संघीय प्रहरी कार्यालयमा कार्यरत ३ जना, जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक जना र भुम्लु गाउँपालिकाको एक युवकमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाले बताए ।

योसँगै संघीय प्रहरी कार्यालय बनेपामा कोरोना संक्रमितको संख्या १० पुगेको छ । यस अघि संघिय प्रहरीका ७ जनामा कोरोना पुष्टि भएको थियो । शुक्रबार संघिय प्रहरीमा कार्यरत २२ जनामा संकलन गरिएको स्वाव परिक्षणमध्ये तीन जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयको जानकारी छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्ला प्रहरीले उच्च सतर्कता अपनाएको प्रहरी कार्यालयले काभ्रेले बताएको छ ।

योसँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ४७ पुगेको जिल्ल स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाले बताए ।


तपाईको प्रतिक्रिया