काभ्रे (बनेपा) – बागमती प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले वनको क्षति नगरिकन उपयोग गर्न आग्रह गर्नुभएको छ ।

आज (आइतबार) काभ्रेको बनेपामा सामुदायिक वन राष्ट्रिय दिवस २०७७ को अवसरमा मानव वन्यजन्तु द्धन्द्धका सवालमाथि अन्तरकृया तथा वृक्षारोपण कार्यक्रममा मन्त्री नेपालले वनको उपयोग सही ढंगले गर्नुपर्ने बताए । उनका अनुसार वन संरक्षण, सम्वद्र्धन र सदुपयोग गर्नु नै अहिले हाम्रो प्रमुख दायित्व रहेको छ । जसका लागि वन संरक्षणका लागि वृक्षरोपण गर्नु अतिआवश्यक रहेको बताउँदै उनले भने,‘फलफूल, जडिबुटी, काँठजन्य बिरुवा रोपेमा यसबाट आम्दानीका श्रोत पनि जुट्न सक्नेछन् ।

वृक्षरोपणका लागि प्रदेश सरकारले काठमाडौँ र हेटौडामा हाइटेक (आधुनिक) नर्सरी बनाउने तयारी गरेको छ ।’ उनका अनुसार नर्सरीबाट वार्षिक १० लाख बिरुवा उत्पादन गर्ने लक्ष्य राखेको र उत्पादन भएका ८० प्रतिशत बिरुवाले तत्काल उत्पादन दिने खालका हुनेछन् ।

जिल्लाको बनेपा नगरपालिका वडा – ६ बुडोलको सामुदायिक वनमा बृक्षारोपण गर्नुहुँदै मन्त्री नेपाल

मुलुकको ५० प्रतिशत भूभाग वनजंगलले ढाकेको भएपनि अर्बौको काँठ विदेशबाट आयत भइरहदाँ पनि यो चासोको विषय नबनेको उनले बताए । अहिले समयमा बढ्दै गएको काँठका मूल्यलाई पनि मन्त्री नेपालले कार्यक्रममा सम्बोधन गरेका थिए । ‘बागमती प्रदेशको सिन्धुली र मकावनपुरमा सालको काँठ प्रतिक्युफिट १५÷१६ सय छ तर बजारमा काँठको मूल्य छ हजारभन्दा माथि छ,’ आश्चर्य मान्दै उनले भने, ‘किन बजारमा काँठको मूल्य बढि रहेको छ ? यसको अनुगमन र अनुसन्धन पक्कै हुनेछ ।’ यसको लागि सबै साथ सहयोग र समन्वयको आवश्यक रहेको उनले बताए ।

सामुदायिक वन राष्ट्रिय दिवस २०७७ को अवसरमा आज (आइतबार) बनेपामा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय बागमती प्रदेश, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल बागमती प्रदेश र डिभिजन वन कार्यालय काभ्रेको संयुक्त रुपमा आयोजित कार्यक्रममा बागमती प्रदेशका सदस्य द्धय लक्ष्मण लम्साल र बसुन्धरा हुमागाई, जिल्ला समवन्य प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिना, धुलिखेल नगरपालिकाको नगरप्रमुख अशोक कुमार ब्यान्जु, बनेपा नगरपालिकाको नगरप्रमुख लक्ष्मीनरसिंह बादे, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल बागमती प्रदेशका अध्यक्ष बिनोद सापकोटा, डिभिजन वन कार्यालय काभ्रेका प्रमुख देविचन्द्र पोखरेल लगायतको उपस्थिती रहेको थियो ।


तपाईको प्रतिक्रिया