काभ्रे (धुलिखेल) – जिल्लामा आज एकै दिन छ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।

संघीय प्रहरी कार्यलय जनागाल बनेपामा कार्यरत पाँच प्रहरी र बनेपाको शिर मेमोरियल अस्पतालका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिए ।

यो संगै काभ्रे जिल्लामा संक्रमितको संख्या ४० पुगेको छ ।


तपाईको प्रतिक्रिया