बार्सिलोनाका प्रशिक्षक क्विक सेटियनले आफुलाई बर्खास्तको कुनै डर नभएको बताएका छन् ।

च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा नापोलीबिरुद्ध उत्रनु अघि सेटियनले सो कुरा बताएका हुन् । नापोलीबिरुद्धको खेल आफ्ना लागि अन्तिम हुने कुरा कुनैपनि बिन्दुमा नसोचेको सेटियनले बताएका हुन् ।

बार्सिलोनाले ६१ बर्षका सेटियनलाई गत जनवरीमा मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । तर रियल मड्रिडले स्पेनिस लिगको उपाधि जितेपछि उनको भविष्यमाथि प्रश्न चिह्न खडा भएको छ । ‘मैले र मेरा स्टाफले अघि बढ्ने बिषयमा सोचेका छौ ।’ सेटियनले भनेका छन् ।

नापोलीबिरुद्धको पहिलो लेगको खेल बार्सिलोनाले १–१ गोलको बराबरी खेलेको थियो । ‘कुनैपनि बिन्दुमा मैले नापोलीबिरुद्धको खेल अन्तिम हुने मानेको छैन ।’ उनले भने । बार्सिलोना सन् २००७ देखि अन्तिम १६ बाट बाहिरिएको छैन । क्लब सन् २०१५ पछि च्याम्पियन्स लिगको उपाधिको प्रतिक्षा गरिरहेको छ । उसले गत बर्षमात्र इर्नेस्टो भाल्भर्डेलाई क्लबबाट बर्खास्त गरेको थियो ।

बार्सिलोनाका प्रशिक्षक सेटियनसंग फरवार्ड एन्टोनी ग्रिजम्यान र मिडफिल्डर फ्रेन्की डी जोङ्ग उपलब्ध हुनेछन् । तर चोटका कारण मिडफिल्डरद्धय सर्जियो बुस्केट र अर्तुरो भिडाल टिममा हुने छैनन् । ‘सबै विकल्प राम्रो हुनेछन् ।’ सेटियनले भनेका छन् ।

‘यो कुनै बिषय हैन । हामीसंग धेरै वैकल्पिक खेलाडी रहेका छन् । हामी टिमका सबै खेलाडीमा भरोसा गर्न चाहन्छौ ।’ उनले भने । नापोलीका प्रशिक्षक गिन्नारो गट्टुसो पहिलो पटक क्लबलाई अन्तिम ८ मा पुर्याउने लक्ष्य राखेका छन् । ‘हामी निश्चित रुपमा आफ्नो ईतिहासमा एक महत्वपूर्ण पृष्ठ लेख्न चाहन्छौ ।’ उनले भनेका छन् ।


तपाईको प्रतिक्रिया