काभ्रे (बेथानचोक) – जिल्लाको बेथानचोक गाउँपालिकाको क्वारेन्टाइनमा बसेकी एक युवतीले आत्महत्या गरेकी छिन् ।

गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बसेकी युवती शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा फेला परेकी हुन् । गत १७ गते दुबईबाट फर्किएकी वडा नम्बर ४ की २१ वर्षीया युवती क्वारेन्टाइनस्थलमा नै झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

स्वास्थ्यचौकीमा युवती मृत फेला फरेपछि आक्रोशित आफन्त र स्थानीयले स्वास्थ्य चौकीमा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

आक्रमण नरोकिएपछि इलाका प्रहरी बनेपा, सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रवि कुमार पौडेल जानकारी दिए । उनका अनुसार आफन्तको आक्रमणबाट एक प्रहरी र दुई स्वास्थ्यकर्मी घाइते भएका छन् ।


तपाईको प्रतिक्रिया