काभ्रे (धुलिखेल) – जिल्लाको धुलिखेल नगरपालिका वडा नं ९ काभ्रे भञ्ज्याङका ८२ बर्षिया बृद्धमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ कार्यालय काभ्रेको प्रमुख डा. नरेन्द्र कुमार झाले बताए ।

उनको छाउनी अस्पतालमा उपचारको क्रममा पिसिआर पोजिटीभ देखिएको झाले जानकारी दिए । बिहीबार कोरोना संक्रमण पुष्टि भएका बनेपा नगरपालिका वडा नम्बर १ का २९ बर्षीय पुरुषको उपचार र धुलिखेल नगरपालिका वडा नम्बर ७ का ४४ बर्षीय महिलाको उपचार धुलिखेल अस्पतालमा भइरहेको उनले बताए ।

त्यसैगरि जिल्लामा संक्रमित संख्या ३४ पुगेको छ भने २७ जना निको भइ घर फर्केका छन् र ७ जना आइसोलेशनमा उपचार भइरहेको डा. झाले जानकारी दिए ।


तपाईको प्रतिक्रिया