काभ्रे (पाँचखाल) – जिल्लाको पाँचखाल नगरपालिकाले पिसिआर परिक्षण गर्ने तयारी गरेको छ ।

नगर भित्र कोभडि–१९ को अवस्था बारे जानकारी लिन पिसिआर परिक्षण सुरु गर्न लागीएको नगर प्रमुख महेश खरेलले बताए । उनका अनुसार नगरको सबैभन्दा बढी भिडिभाड हुने ठाउँहरु, मुख्य बजार, दुध तथा तरकारी संकलन केन्द्रका ब्यक्तीको पिसिआर परिक्षण गरिने छ ।

यस्तै फ्रन्टलाईनमा रहेका स्वास्थकर्मी, क्वारेन्टाईन ब्यबस्थापमा खटिएका कर्मचारीहरुको पनि पिसिआर परीक्षण गरिने बताईएको छ । नगर प्रमुख महेश खरेलले पाँचखाललाई कोरोना मुक्त बनाउन सबै नगरबासीलाई सहयोग गर्न अनुरोध गर्नु भएको छ ।


तपाईको प्रतिक्रिया