युरोपेली फुटबल महासंघ (यूईएफए)ले नेश्नल लिग तटस्थ मैदानमा हुन सक्ने जनाएको छ ।

यूईएफएले एक बिज्ञप्ती जारी गर्दै सेप्टेम्बरका लागि तय नेश्नल लिग तटस्थ भूमिमा हुन सक्ने जनाएको हो । तालिका अनुसार ईग्ल्याण्डले सेप्टेम्बर ५ मा आयरल्याण्ड र सेप्टेम्बर ८ मा डेनमार्कसंग खेल्ने तालिका रहेको छ ।

स्कटल्याण्ड, नर्दन आयरल्याण्ड र वेल्सले समेत होम र अवे खेल खेल्न बाँकी छ । उनीहरु क्रमश चेक रिपब्लिक, रोमानिया र फिनल्याण्ड भ्रमण गर्ने तालिका समेत रहेका छ । यूईएफएले केही देशमा उडानमा भएको समस्याबारे आफु जानकार रहेको बताएको छ । कोरोना भाईरसको महामारीका कारण यूरोपका केही देशमा अन्तराष्ट्रिय उडान बन्द छन् ।

बिहिबार यूईएफएले आफ्ना ५५ सदस्य राष्ट्रसंग यस बिषयमा छलफल गरेको छ । ‘तटस्थ भूमीमा अन्तराष्ट्रिय म्याच खेल्ने सम्भावनालाई कुनै हिसावमा छुट दिन सकिदैन ।’ यूईएफएले भनेको छ । मुख्य गरि युरोपका ठुला क्लबको प्रतियोगिता यसै महिना सुरु हुदैछ ।

‘अधिकारीहरुले उडान र क्वारेन्टिनको समस्याका बिषयमा बोलेका छन् । केही खेल तटस्थ मैदानमा खेलाउन आवश्यक देखिएको छ ।’ यूईएफएले भनेको छ । ‘केही खेल्ने मैदानहरु उपलब्ध छन् । बिना अवरोध टिमलाई उडानका लागि प्रस्ताव समेत आएका छन् ।’ उसले भनेको छ । यूईएफएले महिनाको अन्तिममा थप छलफल गरेर योजना बनाउने बताएको छ । उसले बन्द रंंगशालामा खेल खेलाउने निर्णयमा आंशिक रुपमा बदल्न समेत चाहेको छ ।


तपाईको प्रतिक्रिया