रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले फरवार्ड ग्यारेथ बेल च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा म्यान्चेष्टर सिटीबिरुद्ध खेल्न नचाहेको बताएका छन् ।

शुक्रबार हुने खेल अगाडी सार्वजनीक गरिएको रियल मड्रिडको २४ सदस्यीय टिममा बेलको नाम समावेश छैन । ३१ बर्षका फरवार्ड यस सिजन सबै प्रतियोगितामा मात्र १४ खेलमा मैदान उत्रन पाए । स्पेनमा फुटबल पुन सुरु भएपछि बेलले मात्र दुई खेल खेल्न पाएका छन् ।

‘यो निकै ब्यक्तिगत कुराकानी थियो । उनले नखेल्ने बताए ।’ जिदानले भनेका छन् । ‘उनी र मेरो बीच बाँकी कुरा छन् । तर उनले आफु खेल्न नचाहेको बताएका थिए ।’ उनले भने । ईङ्लिस मिडियाका अनुसार बेलले म्यान्चेष्टर सिटीको मैदान ईतिहादमा भ्रमण गर्न चाहेका थिएनन् । किनकी उनलाई आफु मैदान उत्रन पाउदिन भन्ने थाहा थियो ।

स्पेनमा फेब्रुअरीमा भएको पहिलो लेगको खेल सिटीले २–१ ले जितेको थियो । कोरोना भाईरसको महामारीका कारण लगभग ५ महिना खेल प्रभावित बनेको थियो । खेलको विजेताले लियोन र युभेन्ट्सबीचको विजेतासंग क्वार्टरफाईनलमा खेल्नेछ ।

बेल गत सिजन चीनियाँ क्लब जान लागेका थिए । तर अन्तिम समयमा आएर उनलाई अनुबन्धन गर्ने तयारीबाट चीनियाँ क्लबले हात झिकेको थियो । बेलको भविष्यको बिषयमा जिदानले भने, ‘मलाई थाहा छैन । अहिले उनी रियलका खेलाडी हुन् । त्यो कुरा परिवर्तन हुदैन । उनी हाम्रा खेलाडी हुन् ।’ जिदानले भने ।

‘म त्यसलाई सम्मान गर्छु । म उनलाई सम्मान गर्छु । जसरी अरुलाई गर्छु ।’ उनले भने । ‘उनले नखेल्ने चाहना राखे । त्यही कुरा मात्र म तपाईलाई भन्न सक्छु । उनी बाहेक सबै खेलाडी हामीसंग छन् । उनीहरु खेलको तयारी गरेका छन् । एउटा मात्र कुरा हामी खेलमा केन्द्रित रहेका छौ ।’ उनले भने ।


तपाईको प्रतिक्रिया