इंग्लिस क्लब उल्भ्स युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

युरोपा लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा बिहीबार राति ग्रिसको ओलम्पियाकोजलाई १-० ले पराजित गर्दै उल्भ्स क्वाटरफाइनलमा पुगेको हो । दोस्रो लेगको जितसँगै उल्भ्स समग्रमा २-१ को जितसहित अन्तिम आठमा पुगेको हो । यस अघि पहिलो लेगमा दुई टोलीले १-१ गोलको बराबरी खेलेका थिए ।

उल्भ्सको जितमा राउल जेमिनेजले निर्णायक गोल गरे । उनले खेलको नवौं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । यस्तै २८ औं मिनेटमा ओलम्पियाकोजका मोहमद मेडीले गोल गरेका थिए । तर, भीएआरको सहायताबाट रेफ्रीले अफसाइड देखाएपछि ओलम्पियाकोज स्तब्ध बन्यो ।

यससँगै उल्भ्स ४८ वर्षपछि युरोपा लिगको क्वाटरफाइनलमा पुगेको हो । यस अघि उल्भ्स सन् १९७२ मा क्वाटरफाइनलसम्म पुगेको थियो । अब उल्भ्सले सेमिफाइनल प्रवेशका लागि सेभियासँग खेल्नेछ ।


तपाईको प्रतिक्रिया