काभ्रे (बनेपा) – जिल्लाको बनेपा कोरोनाको दोस्रो हटस्पट बन्ने खतरा बढेको छ ।

काभ्रेको व्यापारिक क्षेत्र भएकाले बनेपामा एक महिनादेखि निर्धक्कसँग सैलुनहरु संचालनमा छन् । भारतवाट आएका कामदाहरुले गाडीका कारखानाहरुको पिसीआर चेकजाँच बिना नै काम गरिरहेका छन् । उनीहरुमा कोरोनाको चेकजाँच हुन सकेको छैन ।

काभ्रे प्रवेश गर्ने मंगलटार, सिपाघाट, दोलालघाट, मानेदोभान, साँगा, नगरकोट, पचरघाटमा चेकजाँच छैन । बनेपामा दैनिक घनत्व बढ्दा कोरानोको नयाँ हटस्पट बनेपा बन्ने खतरा बढेको छ ।

बनेपाकाे जनागालमा भारतवाट काम गर्न आएका एक जना श्रमिकमा काेराेना देखिएकाे छ । तर, स्थानीय सरकारले कति जना भारतबाट आएर काम गिररहेका छन् भन्ने बारेमा तथ्याक समेत राखेकाे छैन । स्थानीय नागरिकहरूले चिन्ता ब्यक्त गरेका छन ।


तपाईको प्रतिक्रिया