काभ्रे (भकुन्डे) – जिल्लाको नमोबुद्ध नगरपालिकामा सामुदायिक विद्यालयहरुमा सञ्चालित “बहुकक्षा बहुशिक्षा” (एम जि एम एल ) कार्यक्रमको वार्षिक समिक्षा तथा छलफल गोष्ठी सम्पन्न भएको छ ।

गोष्ठीमा नगरपालिकाका मेयर टंक प्रसाद शर्मा तिमल्सिना, प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाई नमोबुद्ध नगरपालिका वडा नं. ११ का वडाध्यक्ष कृष्ण बहादुर तामाङ, वडा नं.२ का वडाध्यक्ष संजिब ढकाल, शैक्षिक सशक्तिकरण केन्द्र काभ्रेका प्रतिनिधि र बिभिन्न विद्यालयका प्रधानध्यापक र शिक्षकहरुको उपस्थिती रहेको नमोबुद्ध नगरपालिका शिक्षा यूवा तथा खेलकुद शाखाका प्रमुख जनार्दन रिजालले बताए ।

छलफलमा एम जि एम एल कार्यक्रमले गत वर्षमा गरिएको कार्यक्रमको समिक्षा र चालु आर्थिक वर्षमा गरिएको कामको प्रगति वारेमा छलफल भएको प्रमुख रिजालले बताए । उनका अनुसार छलफलमा कार्यक्रम प्रभाबकारीताको मुल्याङ्कन गर्दै आगमी अर्थिक वर्षमा यस कार्यक्रमलाई अन्य विद्यालयहरुमा पनि लागु गर्दै लैजाने निर्णय भएको बताए ।


तपाईको प्रतिक्रिया