काभ्रे (नमोबुद्ध) – जिल्लाको नमोबुद्ध नगरपालिकामा १५ वेडको आईसोलेसन कक्ष बनाउने काम अघि बढेको छ ।

सेभ द चिल्ड्रेनले आईसोलेसन बनाउन आवश्यक स्वास्थ्य सामग्री हस्ताण्तरण गरेसँगै आईसोलेसन स्थापनाको काम अघि बढेको नगर प्रमुख टि.पि. शर्मा तिमल्सिनाले बताए । सेभ द चिल्ड्रेनले नगरपालिकालाई हाईड्रोलीक बेड १५ सेट, ग्लोभ्स १ हजार थान, स्यानिटाइजर ५० बोतल, पिपिई सेट २० थान, रबर बुट २० थान सहयोग गरेको छ ।

नमोबुद्ध नगरपालिकामा ५६ बेडको क्वारेन्टाइन कक्ष स्थापना गरिएको छ भने क्वारेन्टाइनमा बसेका ९३ जना घर फर्किएका छन् । कारोना भाईरस रोकथाम र नियन्त्रणको निमित्त संस्थाले गरेको सहयोग प्रती नगर-प्रमुख शर्माले धन्यवाद दिए ।


तपाईको प्रतिक्रिया