इंग्लिस क्लब म्यानचेस्टर सिटीले डिफेन्डर नाथन एकेलाई अनुबन्ध गरेको छ ।

सिटीले सेन्टर ब्याक नाथनलाई बर्नेमाउथबाट ४० मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । नेदरल्यान्ड्सका डिफेन्डर नाथनले सिटीसँग पाँच वर्षे सम्झौता गरेका छन् । सम्झौतापछि २५ वर्षीय नाथनले सिटीबाट खेल्ने आफ्नो सपना पुरा भएको बताए ।

सन् २०१७ मा बर्नेमाउथ आएका नाथनले क्लबका लागि १ सय २१ खेल खेलेका छन् । सिटीले यस समर दोस्रो खेलाडीकोको रुपमा नाथनलाई अनुबन्ध गरेको हो । यस अघि सिटीले भ्यालेन्सियाबाट विंगर फेरान टोरेस अनुबन्ध गरिसकेको छ ।


तपाईको प्रतिक्रिया