सुरज श्रेष्ठ / काभ्रे (बनेपा) – काभ्रेमा नियम विपरित सवारी साधन चलाउँदा कारवाहीमा पर्ने चालकको संख्या बढ्दै गएको छ । सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेसंगै कारवाहीमा पर्नेको संख्या बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको तथ्यांकमा छ ।

आर्थिक बर्ष २०७६÷०७७ मा २४ हजार ४ सय सवारी चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख बिशाल तामाङ्ले बताए । जसबाट २ करोड १४ लाख ९० हजार ५ सय राजश्व संलकन भएको छ । गर्त आर्थिक बर्ष २०७५÷०७६ मा संकलन भएको राजश्व भन्दा बढि राजश्व संकलन भएको हो । गएको आर्थिक २०७५÷७६ मा २९ हजार ३ सय ५० सवारी चालक कारवाहीबाट एक करोड ८० लाख १९ हजार मात्रै राजश्व संकलन भएको थियो ।

सोही अनुसार आर्थिक २०७६÷०७७ बर्षको साउनमा १ हजार ८ सय ५० सवारी कारवाहीबाट १३ लाख ४५ हजार ५ सय राजश्व संकलन भएको छ । त्यस्तै भदौमा ३ हजार सवारी कारवाहीबाट २५ लाख ८५ हजार ५ सय, असोजमा २ हजार १ सय सवारी कारवाहीबाट १७ लाख ५५ हजार, कात्तिकमा २ हजार ७ सय सवारी कारवाहीबाट २२ लाख १९ हजार, मंसिरमा २ हजार ६ सय ५० सवारी कारवाहीबाट २३ लाख २३ हजार ५ सय, पौषमा ३ हजार सवारी कारवाहीबाट २५ लाख १८ हजार ५ सय, माघमा २ हजार ६ सय सवारी कारवाहीबाट २४ लाख ६६ हजार, फागुनमा २ हजार ३ सय ५० सवारी कारवाहीबाट २४ लाख ६६ हजार, चैत्रमा ८ सय ५० सवारी कारवाहीबाट ८ लाख ७ हजार ५ सय, बैशाखमा ४ सय सवारी कारवाहीबाट ३ लाख ६१ हजार ५ सय, जेठमा १ हजार ९७ सवारी कारवाहीबाट ९ लाख ५४ हजार र असारमा १ हजार ८ सय ३ सवारी कारवाहीबाट १६ लाख ८८ हजार ५ सय राजश्व संकलन भएको छ ।

साथै आर्थिक २०७६÷०७७ बर्षको असारसम्ममा बस चालक ३ हजार ३ सय १२, ट्रक चालक ११ हजार ६ सय ६६, जीप र कार चालक ४ हजार ५ सय ८०, मोटरसाईकल चालक ४ हजार ८ सय ४२ गरि जम्मा २४ हजार ४ सय सवारी साधन कारवाहीमा परेको प्रमुख तामाङ्ले बताए । ट्राफिक प्रमुख तामाङ्का अनुसार मापसे गरेर सवारी चलाएका, सिटबेल्ट नलगाएका, ओभरलोड, छतमा यात्रु राखेका, प्रयोजन विपरित चलाएका, लेन अनुशासन मिचेका जस्ता कारणले गर्दा उनीहरुलाई कानुनी दायरामा ल्याईएको बताए ।

आर्थिक बर्ष २०७५÷७६ मा २९ हजार ३ सय ५० सवारी चालक कारवाहीमा परेका थिए । जसबाट १ करोड ८० लाख १९ हजार राजश्व संलकन भएको छ । २०७५÷७६ बर्षमा बस चालक २ हजार १ सय ८१, ट्रक चालक ८ हजार ८ सय ८६, जिपर÷कार ५ हजार १ सय ७०, मोटरसाइकल चालक १० हजार ३ सय १३ गरि जम्मा २९ हजार ३ सय ५० सवारी साधन कारवाहीमा परेको ट्राफिक प्रमुख तामाङ्ले बताए । आर्थिक बर्ष २०७६÷०७७ मा काभ्रेमा मापसे गरेर सवारी चलाउने साउन महिनामा ३३ वटा, भदौमा ३७ वटा, आश्विनमा १९, कार्तिकमा २८ वटा, मंसिरमा २७ वटा, पौषमा १७ वटा, माघमा १६ वटा, फागुनमा १४ वटा र चैत्रमा ५ वटा गरेर जम्मा १ सय ९६ सवारी चालक कारवाहीमा परेको उनले बताए ।


तपाईको प्रतिक्रिया