काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभरका प्रयोगशालामा नमूना परीक्षण गर्दा २५९ जनामा सङ्क्रमण पुष्टि भएको बताए । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २१ हजार ९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६५ जना व्यक्ति सङ्क्रमणमुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको सङ्ख्या १५ हजार २६ पुगेको छ । प्रवक्ता डा गौतमका अनुसार १० हजार ४५२ जना क्वारेन्टिनमा छन् भने ५ हजार ९२५ जना आइसोलेशनमा रहेका छन् । नेपालमा हालसम्म कोरोना भाइरसबाट ५८ जनाको मृत्यु भएको छ ।


तपाईको प्रतिक्रिया