काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत १५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । आइतबार १ सय ८२ जनाको स्वाब संकलन गरिएकोमा १५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण देखिएकामा प्रहरीको संख्या बढी रहेको जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पीसीआर परीक्षणका लागि आइतबार अख्तियार परिसरमा स्वाब संकलन गरेको थियो । अख्तियारबाट प्रधान कार्यालय सरुवा भएका एक जना नायव निरीक्षक (सई)मा कोरोना संक्रमण पुष्टि भएपछि अख्तियारमा कार्यरत ती कर्मचारीको स्वाब संकलन गरिएको थियो ।

अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले औपचारिक रुपमा रिपोर्ट आएको थाहा नभएको बताए । ‘हामीले पनि भर्खरै थाहा पाएकाले थप बुझ्ने प्रयास गरिरहेका छौं,’ उनले भने ।


तपाईको प्रतिक्रिया