काभ्रे (नमोबुद्ध) – जिल्लाको नमोबुद्ध नगरपालिका – १ स्थित मथुरापाटी, फूलबारीमा र श्यामपाटी लगाएको स्थानमा मकै पाक्न लागेको समयमा बँदेलले क्षति पुर्‍याउन थाले पछि कृषकहरु चिन्तत देखिन थालेका छन् ।

जिल्लाका अधिकांश स्थानमा बँदेलको आतकंले कृषकहरुले हैरानी ब्यहोर्न थालेका स्थानीय रविन्द्र सत्यालले बताए । स्थानीय धारापानी खरेटी सामुदायिक वनको छेउछाउमा रहेका बारीमा रातभर कुर्दा समेत बँदेलले एकै पटक दुई रोपनी भन्दा धेरै क्षेत्रफलमा लगाएको बाली नष्ट गराउन थालेको छ । वर्षभरिको किसानको कमाई यसरी नष्ट भएपछि खाद्यान्न संकट आउन सक्ने सत्याल बताए ।

बँदेलले सो क्षेत्रको देउबुझे, मालेगाउँ, ढुंगेपानी, सुनारटोल, भण्डारी टोल, सोखाल, लामीडाँडा, कात्तिकेको मकै नष्ट पारेको उनले बताए । उनले सम्बन्धीत निकायलाई ध्यान पुर्याउन आग्रह गरेका छन । किसानको यो समस्या समाधानको लागि पहल होस् र सरकारले क्षतिपूर्तिको व्यवस्था गरियोस भनी माग कृषकहरु गरेका छन ।

यस अघि पनि बँदेलले मकै खाने गरेपनि सामान्य रहेको उनको भनाई छ । जंगल बढेकोले जंगलगी जनाबर पनि बढेको उनको अनुमान छ । आहिले बँदेलले गाउँ–गाउँमा छिरेर खान थालेको सत्याल बताए ।


तपाईको प्रतिक्रिया