घरेलु टिम इंग्ल्यान्ड र आयरल्याण्डबीचको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ ।

इंग्ल्यान्डको साउथह्याम्पटनमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ । एक खेल अगाबै सिरिज जितिसकेको इंग्ल्यान्ड सिरिज क्लिन स्विप गर्ने लक्ष्यसहित मैदान उत्रनेछ ।

अघिल्ला दुई खेलमा सहज जित निकालेको इंग्ल्यान्ड अन्तिम खेलमा समेत त्यहिँ नतिजा दोहोर्याउने लक्ष्यमा हुनेछ । पहिलो खेलमा इंग्ल्यान्डले आयरल्याण्डलाई ६ विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा ४ विकेटको जित निकाल्दै जिरिज २-० ले आफ्नो बनाएको थियो ।

एजेस बाउलमा अन्तिम खेल जितेका इंग्ल्यान्डले सिरिज क्लिन स्विप गर्नेछ । यता, आयरल्याण्ड अन्तिम खेल जित्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छ । सिरिज जोगाउन असफल भएको आयरल्याण्ड सान्त्वना जित निकाल्न चाहन्छ ।

आईसीसीको क्रिकेट वर्ल्ड कप सुपर लिग अन्तर्गत रहेको सिरिजमा आयरल्याण्ड जित निकाल्दै पहिलो अंक जोड्न समेत चाहन्छ । क्रिकेट वर्ल्ड कप सुपर लिगको अंक तालिकामा इंग्ल्यान्डले २० अंक जोडिसकेको छ । इंग्ल्यान्ड शीर्ष स्थानमा समेत रहेको छ ।


तपाईको प्रतिक्रिया