अष्ट्रेलिया र वेस्ट इन्डिजबीचको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज स्थगित भएको छ ।

अष्ट्रेलिया क्रिकेटले मंगलबार वेस्ट इन्डिजसँगको सिरिज स्थगित गरिएको जनाएको छ । अष्ट्रेलिया र वेस्ट इन्डिजबीच अक्टोबरको सुरुवातमा टी-ट्वान्टी सिरिज खेल्न तय भएको थियो । अष्ट्रेलियामा तय भएको आईसीसी टी-ट्वान्टी विश्वकपअघि दुई टोलीबीच सिरिज खेल्ने तय भएको थियो ।

तर, विश्वकप एक वर्ष सरेपछि सिरिज स्थगित गरिएको क्रिकेट अष्ट्रेलियाले जनाएको छ । विश्वकपको तयारीका लागि दुई टोलीले टी-ट्वान्टी सिरिज खेल्ने भएको थियो ।

टी-ट्वान्टी सिरिज स्थगित भएपछि दुवै टोलीका खेलाडीलाई इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न बाटो खुलेको छ । युएईमा आयोजना आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुँदैछ ।


तपाईको प्रतिक्रिया