दमौली – कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि नगरपालिकाले स्थापना गरेको कोरोना कोषमा रु ९९ लाख जम्मा भएर रु ४३ लाख मात्र खर्च भएको छ । उक्त कोषमा नगरपालिकाले रु ५० लाख जम्मा गरेको थियो भने गण्डकी प्रदेश सरकारबाट रु १० लाख, स्थानीय पूर्वाधार विकासको खर्च हुन नसकेको रकम रु १२ लाख, घिरिङ गाउँपालिकाबाट रु पाँच लाख, सामुदायिक विद्यालयका शिक्षकबाट रु १० लाख सहयोग प्राप्त भएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले स्रोतको सुनिश्चित नगरी नीति, कार्यक्रम तथा बजेट ल्याइए कार्यान्वयनमा समस्या आउने बताउनुभयो । मन्त्री गुरुङले स्रोतको पूर्वतयारी गरेर मात्रै कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम सञ्चालनका लागि कति बजेट चाहिन्छ र त्यसको स्रोत कहाँबाट आउँछ त्यसको निक्र्यौल गर्न आवश्यक रहेको उहाँको भनाई थियो । “हचुवाका भरमा नीति तथा कार्यक्रम बनाइयो भने त्यसलाई कार्यान्वयन गर्न सकिँदैन, स्रोतको पहिचान पहिल्यै गर्नुपर्छ”, मन्त्री गुरुङले भन्नुभयो । रासस


तपाईको प्रतिक्रिया