मर्सिडिजका चालक लुइस ह्यामिल्टनले ब्रिटिस ग्राण्ड प्रिक्स फर्मुला वानको उपाधि जितेका छन् ।

ह्यामिल्टनले आइतबार राति रेड्बुलका म्याक्स भेर्स्टापेनलाई पछि पार्दै उपाधि जितेका हुन् । उनले सातौं पटक ब्रिटिस ग्राण्ड प्रिक्सको उपाधि जितेका हुन् । बेलायती चालक ह्यामिल्टनले उपाधि जित्न असाधारण प्रदर्शन गरेका थिए । रेसको दौरान उनको गाडीको लेफ्टतर्फको टायर बिग्रेको थियो । तर, पनि उनले भेर्स्टापेनलाई पछि पार्न सफल भएका थिए ।

यस अघि हंगेरियन ग्राण्ड प्रिक्सको उपाधि जितेका थिए । यस्तै फेरारीका चालक चार्ल्स लेकलेर्क तेस्रो स्थानमा रहे । रेनाउल्टका चालक डानिल रिकार्डो चौंथो र म्याकलरेनका लान्डो नोरिस पाँचौं स्थानमा रहे ।


तपाईको प्रतिक्रिया