काभ्रे (धुलिखेल) – आ.व. २०७६।०७७ मा काभ्रेमा ५ सय ५७ वटा अपराधिक घटना भएकोमा ५ सय ८२ जना अभियुक्त पक्राउ गरी ५ सय ५७ जनालाई मुद्दा चलाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले कार्य-सम्पादन प्रगतिमा उल्लेख गर्दै काभ्रेमा अपहरण, हत्या र हतियार खरखाजनामा १९ जना पक्राउ गरीएको छन् । त्यस्तै, सडक दुर्घटना १ सय ९७ हुँदा दुर्घटनामा परी ५७ जनाको मृत्यु र २ सय २० जना घाईते भएका छन् ।

त्यस्तै लागु औषध ओसारपसार गर्ने १४ जना पक्राउ गरिएकोमा ९ जनालाई मुद्दा चलाएको छ । पक्राउ गरिएको लागु औषधमा गाँजा १७.९३ केजी, डाइजिल्याव २३, फेनाएम ७६, नुर्फिन ७५, डाइजिपाम ५१, नाइट्राभेट २७९ चक्की रहेका छन् ।

प्रशासनले १ लाख ६६ हजार १ सय ८५ वटा गाँजाका बोटहरु नष्ट गरिएका छन् । जिल्ला प्रशासन कार्यालयको समन्वय एंव सहजीकरणमा जिल्लास्थित सुरक्षा निकायले ६२ हजार ३ सय २० लिटर घरेलु मदिरा नष्ट गरेका छन् ।


तपाईको प्रतिक्रिया