काभ्रे (बनेपा) – जिल्लाको मण्डनदेउपुर, पनौती नगरपालिका र बेथानचोक गाँउपालिकाले जनै पुर्णमा तथा रक्षा बन्धनको अवसरमा भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

पालिका अन्तर्गतका वडा कार्यलयहरु, स्वास्थ्य संस्था तथा शैक्षिक संस्था लगायतका सम्पुर्ण सरकारी तथा गैर सरकारी कार्यलयहरु बन्द हुने बताईएको छ ।

बिदाको दिन नगरपालिकाको कार्यलय तथा वडा कार्यलय बाट हुने सबै सेवाहरु बन्द हुने प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेलले बताए । साथै शैक्षिक संस्थाहरु पनी बन्द रहने छन् । यस वर्षको गाई जात्रा पर्व साउन २० गते परेको छ ।


तपाईको प्रतिक्रिया