सिन्धुपाल्चोक जुगल गाउँपालिका–४ घर भई हाल भक्तपुर बस्ने ४० वर्षीय याम बहादुर श्रेष्ठ लगायत १२ जनालाई नगद ३ लाख ८ हजार ५ सय रुपैयाँ र ६ बुक ताससहित प्रहरीले शनिवार दिउसो पक्राउ गरेको थियो ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया