काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीचको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान दशबजेबाट सुरु भएको वार्ता दुई घण्टासम्म चलेको थियो ।

आजको वार्तामा बरिष्ट नेता झलनाथ खनाल, महासचिव बिष्णु र सुवासचन्द्र नेम्वाङ पनि सहभागी थिए । छलफलमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले महाधिवेशनको मिति समेत तोकिसकाले महाधिवेशनमै केन्द्रित भएर समस्या समाधान गर्नुपर्ने धारणा राखेका थिए ।

त्यसो त गत माघमा सम्पन्न नेकपाको केन्द्रीय कमिटी बैठकले आगामी चैत २५–३० मा एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो । केही दिन अघि अध्यक्ष ओली र प्रचण्डबीच आगामी मंसिरमै ‘अर्ली महाधिवेशन’ गर्ने समेत सहमति समेत भएको थियो ।


तपाईको प्रतिक्रिया