कोहलपुर – जिल्ला प्रहरी बाँकेले ठूलो मात्रामा राजश्व छलेर नेपाल भित्रायाउन लागेका कपडा बरामद गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नंं १५ जमुनाहाबाट प्रहरीले कुर्ता, टिसर्ट र सुरुवाल बरामद गरेको हो । भारतबाट अवैधरूपमा ल्याउँदै गरेको ५०० थान कुर्ता, १०० थान टिसर्ट र २०० थान सुरुवाल बरामद गरेको बाँके प्रहरी प्रवक्ता सुवास खड्काले बताउनुभयो ।

कोरोनाको कहर भए पनि चाडवाड नजिकिँदै गर्दा तस्करहरु कपडा भित्र्याउन लागिपरेका छन् । नेपालगञ्ज नाकाबाट भरियामार्फत भित्रिने कपडा जिल्ला बाहिर पनि जाने गरेका छन् । रासस


तपाईको प्रतिक्रिया